इशान किशनले कायम गरे रेकर्ड

 ग्लोबल टिभि      शनिबार, मंसिर २४, २०७९      0

मंसिर २४ –बंगलादेशविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतीय व्याट्सम्यान ईशान किसनले रेकर्ड कायम गरेका छन् ।

कप्तान रोहित शर्मा घाइते भएपछि प्लेयिङ सेटमा स्थान बनाएका उनले सर्वाधिक छिटो एक दिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गरे । उनले १२६ बलमा दोहोरो शतक बनाएका हुन् । समग्रमा उनी २१० रन बनाएर पभेलियन फर्किए । उनले १३१ बल खेल्दा १० छक्का र २४ चौका प्रहार गरे । किशनले बंगलादेशको पिचमा सबैभन्दा ठूलो इनिङ खेलेका छन् ।उनले अष्ट्रेलियाका अलराउन्डर शेन वाटसन को कीर्तिमानलाई पछाडि पारेका छन् । बंगलादेशमा सर्वाधिक रन बनाउनेमा विराट कोहली तेस्रो नम्बरमा छन् । इशान किशन ५ खेलपछि एकदिवसीय टोलीमा फर्किएका छन् र शतक बनाएका छन् ।यो उनको पहिलो अन्तर्राष्ट्रिय शतक पनि हो। इशानले ८५ बलमा शतक पूरा गरेका थिए ।

उनी बंगलादेशमा शतक बनाउने पाँचौं भारतीय ओपनर बनेका छन्। यसअघि सचिन तेन्दुलकर, सौरभ गांगुली, वीरेन्द्र सहवाग र गौतम गम्भीरले यो उपलब्धि हासिल गरिसकेका छन् । २४ वर्षिय किशनले क्रिस गेलको रेकर्ड तोड्न सफल भए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *