मंसिर २९ –टेस्ट कप्तानबाट न्युजिल्याण्डका कप्तान केन विलियम्सले सन्यास लिएका छन् । न्युजिल्यान्ड क्रिकेटले टेस्ट टोलीको पाकिस्तान भ्रमणलाई ध्यानमा राखेर विलियम्सनले बिहीबार बिहान राजीनामा दिएको घोषणा गरेको हो ।
विलियम्स खेलाडीको रुपमा टोलीमा रहिरहे पनि कप्तानको जिम्मेवारीबाट पछि हट्ने निर्णयमा पुगेका हुन् । केन टी–ट्वान्टी तथा एकदिवसीय अन्तराष्ट्रियका भने कप्तान रहिरहने छन् ।
विलियम्सको स्थानमा तीव्र गतिका बलर टिम साउदीलाई कप्तानीको जिम्मेवारी दिईएको छ । बिहिबार पाकिस्तानविरुद्धको टेस्ट सिरिजका लागि घोषित टोलीमा विलियम्स खेलाडीको रुपमा मात्र रहेका छन् । यस सिरिजमा साउदीलाई कप्तानको भूमिकामा देख्न सकिन्छ ।
विलियम्सन न्युजिल्यान्डको क्रिकेट इतिहासकै उत्कृष्ट टेस्ट कप्तान रहेका छन् । जसले ४० मध्ये २२ खेलमा जित हात पारेका छन् भने ८ खेलमा बराबरी र १० मा मात्र हार बेहोरेका छन् ।
उनको कप्तानीमा न्यूजिल्याण्डले सन् २०२१ मा साउथह्याम्पटनमा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए।
Leave a Reply