भारतमा एकै दिन थपिए यो वर्षकै सर्वाधिक कोरोना संक्रमित

 ग्लोबल टिभि           0

एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या यस वर्ष भारतमा एकै दिन पुष्टि भएकाहरु मध्ये सबैभन्दा धेरै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । यस अघि आइतवार ६२ हजार ६ सय ३१ जनामा कोरोना पुष्टि भएको थियो । जुन वर्षकै एकै दिन पुष्टि भएका कोरोना संक्रमितहरु मध्ये सबैभन्दा बढी थियो ।

भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ । त्यस्तै भारतमा १ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख २३ हजार ६सय २ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ८ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २९५ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *