पछिल्लो २४ घण्टामा भारतमा थपिए ५६ हजार बढि कोरोना संक्रमित

 ग्लोबल टिभि           0

एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो चौविस घण्टामा ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अघिल्लो दिनको तुलनामा संक्रमितको यो संख्या करिव १२ हजारले कम हो ।

सोमबार भारतमा यो वर्षकै सबै भन्दा बढि ६८ हजार २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ ।

भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना संक्रमणमुक्त भएर कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितको कुल संख्या ५ लाख ४२ हजार ३५३ छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप २६६ जनाको मृत्यु भएको छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १४७ पुगेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *