पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत

 ग्लोबल टिभि      आइतवार, पुस १०, २०७९      0

पुस १० –लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।

कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ ।

मेस्सीले पीएसजीमा थप एक वर्ष रहने गरी सम्झौता नवीकरण गर्ने तयारी छ । मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए । उनले त्यहाँ २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्व कप फुटबलको उपाधि समेत जितेको छ । सात पटकको बालोन डीओर विजेता मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका थिए । उनले विश्व कपमा ७ गोल र ३ असिस्ट गरेका थिए । फाइनलमा उनले दुई गोल गरे । मेस्सी विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *