भारतमा थपिए एकै दिन ८१ हजार ४ सय ४१ कोरोना संक्रमित

 ग्लोबल टिभि           0

काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ८१ हजार ४ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीवार मात्रै भारतमा ७१ हजार १ सय ८१ जनामा कोरोना पुष्टि भएको थियो । जुन यस अघि यो वर्ष एकै दिन संक्रमण पुष्टि भएकाहरु मध्ये सर्वाधिक बढि संख्या थियो ।
पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरु संगै त्यहाँ कुल कोरोना संक्रमितको संख्या १ करोड २३ लाख २ हजार १ सय १० पुगेको छ ।

त्यसै गरी भारतमा १ करोड १५ लाख २२ हजार ८ सय ८४ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७ सय ९८ जना रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *