ताइवानमा रेल दुर्घटना, ३४ यात्रुको मृत्यु

 ग्लोबल टिभि           0

एजेन्सी । ताइवानमा रेल दुर्घटना हुँदा ३४ जनाको ज्यान गएको छ । राजधानी ताइपेइबाट ताइतुङ शहरतर्फ गइरहेको समयमा रेल सुरुङ भित्र दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।


रेल सुरुङभित्र दुर्घटनामा परेकाले उद्धारको कठिनाइ भैरहेको ताइवान सेन्ट्रल इर्मजेन्सी अपरेशन सेन्टरलाई उद्धत गर्दै बीबीसीले जानकारी दिएको छ । रेलमा करिब ३ सय ५० यात्रु सवार रहेको र दुर्घटनामा अन्य ७२ यात्रु फसिरहेको बताइएको छ ।

रेलले लिक छाड्दा दुर्घटना भएको जानकारी दिइएको छ । दुर्घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *