एजेन्सी । पछिल्ला दिनहरुमा छिमेकी देश भारतमा कोरोना संक्रमणको दरले रेकर्ड राख्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा यो वर्षकै धेरै ८९ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि हिजो(शुक्रबार) मात्रै भारतमा सन् २०२१ कै दोस्रो धेरै ८१ हजार ४ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो थपिएका कोरोना संक्रमितको संख्या संगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २३ लाख ९१ हजार १ सय २९ पुगेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
भारतमा हाल सम्म १ करोड १५ लाख ६७ हजार ६० जना संक्रमणमुक्त भएका छन् भने कुल सक्रिय संक्रमितको संख्या ६ लाख ५९ हजार ९ सय २८ रहेको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ लाख ६४ हजार १ सय ४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै थप ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
Leave a Reply