एजेन्सी । अमेरिकाको वासिङटन डीसीमा चक्क आक्रमणमा परि एक जना प्रहरी अधिकारीको ज्यान गएको छ । वासिङटन डिसी स्थित यूएस क्यापिटल कम्प्लेक्स स्थित भएको घटनामा अर्का एक जना व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।
संसद भवन बाहिरको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको र लगत्तै कारका चालक नोहा ग्रिन नामले प्रहरीलाई चक्कु प्रहार गरेको अधिकारीहरुलाई उद्धत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
घटना पछि प्रहरीले चलाएको गोली लागी आक्रमणकारीको पनि मृत्यु भएको छ । घटना आतंकवादी हमलासंग सम्बन्धित नरहेको वासिङटन डीसी स्थित महानगरी प्रहरी विभागका प्रमुखलाई उद्धत गर्दै समाचारमा जनाइएको छ ।
घटनामा ज्यान गुमाउने प्रहरी अधिकारी बिली इभान्स नाम गरेका व्यक्ति रहेको जानकारी दिइएको छ ।
गत जनवरीमा भएको संसद भवनको घातक हमलापछि सोही स्थानमा एक जनाको ज्यान जाने गरी आक्रमण भएको हो ।
Leave a Reply