ग्लोबल टिभि
0
पुस २१ – विश्व फुटबलका महान खेलाडी पेलेको सम्मानमा अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो राष्ट्रिय रंगशालाको नाम फेरेको छ। उसले राष्ट्रिय रंगशालालाई पेले नामाकरण गरेको हो।
यसअघि नेशनल डी काबो भर्ड नाममा रहेको रंगशालाको नामाकरण ‘पेले स्टेडियम’ राखिएको हो। त्यहाँका प्रधानमन्त्रीले रंगशालालाई पेलेको नाममा नामाकरण गरिएको बताएका छन्। उक्त रंगशालामा १५ हजार दर्शक क्षमता रहेको छ।
विश्व फुटबलकै महान खेलाडीको रुपमा परिचित पेलेको ८२ वर्षको उमेरमा अघिल्लो साता मृत्यु भएको थियो। पेले क्यान्सर पीडित थिए। पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि उचालेका थिए।
Post Views: 882
Leave a Reply