ग्लोबल टिभि
0
असोज १९- बाढीमा परेर लाङटाङ ट्रेकिङमा गएका चारजना बेपत्ता भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४, बेरिङ खोल्साले बगाउँदा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरूमा भक्तपुरका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ छन् ।
बेपत्ताहरूको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज टोलीले स्याफ्रुबेँसीस्थित भोटेकोसी नदी आसपास खोजी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Post Views: 48
Leave a Reply