दीपक कार्कीलाई प्रधानन्यायाधीश सरह सुविधा दिनु अस्वभाविकः बार एसोसिएसन

 ग्लोबल टिभि      शुक्रबार, अशोज १४, २०७९      0

असोज १४ –नेपाल बार एसोसिएसनले कामु प्रधानन्यायाधीशबाट सेवानिवृत्त भएका दीपक कार्कीलाई सरकारले प्रधानन्यायाधीश सरह सुविधा दिने निर्णय गरेकमा प्रश्न उठाएको छ ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै ६ महिनाभन्दा धेरै समय कामु प्रधानन्यायाधीश भएका व्यक्तिलाई प्रधानन्यायाधीश सरह सुविधा दिने निर्णय गर्नु कानुनी रुपमा पनि गलत भएको बताएका छन् । कुनै व्यक्तिलाई केन्द्रमा राखेर निर्णय गरिएको भन्दै बारले मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि प्रश्न उठाएको हो ।

हालै मन्त्रिपरिषद् बैठकले कार्की सेवानिवृत्त भएसँगै प्रधानन्यायाधीश सरह सुविधा दिने निर्णय गरेको थियो । बारले सो सुविधा अस्वीकार गर्न कार्कीलाई आग्रहसमेत गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *