चितवनको माडीमा खुकुरी प्रहार गरी युवकको हत्या

 ग्लोबल टिभि      शनिबार, कार्तिक १२, २०७९      0

कात्तिक १२ –चितवनको माडीमा खुकुरी प्रहार गरेर एक जनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो ।

नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *