काठमाडौंबाट रुकुम हिँडेको बस त्रिशुलीमा खस्दा १६ जना घाइते

 ग्लोबल टिभि      आइतवार, कार्तिक २०, २०७९      0

कात्तिक २० –काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बा४ख ५७९० नम्बरको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ। शनिबार साँझ बस बेनिघाट रोराङ गाउँपालिका–१०, हुग्दिखोलास्थित त्रिशुली किनारमा खसेको प्रहरीले जनाएको छ।

बस त्रिशुली नदी किनारमा खसेर दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएको र उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको थियो । क्षतिको थप विवरण आउन आएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *