मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने-यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट छुट्याएन

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २९, २०७८      0

काठमाडौं,फागुन २९गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यसअघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनुभएको छ ।
आइतबार प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर निर्माण शुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब लाग्ने स्थिति रहेको बताउनुभयो । उहाँले सुरुङ र सडक निर्माणका लागि विदेशी बैंकले ऋण दिन इच्छुक रहेको बताउँदै तत्काल नबन्ने काममा सानो बजेट छुट्याएर बजेट फ्रिज गर्न नमिल्ने बताउनुभयो ।
उहाँले चार्जिङ स्टेशन नबनीकन र सडक विद्युतीय बस चलाउन लायकको नभइकन विद्युतीय बसका लागि छुट्याइएको बजेट अन्य जनहितका काममा खर्च गरिने घोषणा गर्नुभयो । मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले विद्युतीय बस र सुरुङका लागि छुट्याइएको बजेट अहिलेसम्म खर्च नभएको पनि जानकारी दिनुभयो ।
मन्त्रालयलाई व्यवस्थित गर्नसके जनताको धेरै काम सहज हुने र चाँडो हुने भन्दै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ मन्त्रालयको संख्या बढाएर १४ पु¥याएको दाबी गर्नुभयो । हाल १५ लाख नागरिक सवारी चालक अनुमति पत्र लिने लाइनमा रहेको र अब प्रदेश सरकारले त्यसलाई चाँडो सक्नको लागि ट्रायल सेन्टर बढाउने कार्यविधि पास गरेको उहाँको भनाई छ । मुख्यमन्त्री पाण्डले अहिले विज्ञान र प्रविधिको समय भएको उल्लेख गर्दै सवारी साधनहरुमा क्यासलेस सिस्टमको विकास गर्न आवश्यक रहेको र सोही दिशातर्फ प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले चालक सहचालकहरुको जागिर असुरक्षित भएको भन्दै प्रदेश सरकारले अब उनीहरुलाई पनि सम्मानित कर्मचारीको हैसियतमा रहेर काम गर्ने स्थिति बनाउन लागेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले यस आर्थिक वर्षको अहिलेसम्म २० प्रतिशत बजेट मात्रै खर्च हुन सकेको भन्दै अब विकासका कार्यक्रम धमाधम शुरु गर्ने प्रतिवद्धता जनाउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *