चार दिनमा १३७ करोड भारू:सूर्यवंशीको कमाई

 ग्लोबल टिभि      बुधबार, कार्तिक २४, २०७८      0

एजेन्सी,कार्तिक २४गते ।
अक्षय कुमार र कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’ले प्रदर्शनको चौथो दिनमै १३७ करोड (भारू) कमाएको छ।
रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन र केप गुड फिल्म्सको निर्देशनमा बनेको यो फिल्मले भारतसहित विश्वका विभिन्न मुलुकमा रिलिज गरिएको थियो।

कोभिडको कारण हलमा कति दर्शक जालान्? भन्ने दुविधाकैबीच चलचित्र ‘सूर्यवंशी’ले सय करोड बढीको आकर्षक व्यापार गरेको हो।
चलचित्र ‘सूर्यवंशीले’ चार दिनमा विश्वव्यापी कमाई १३७.०८ करोड गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

भारतमा मात्र १०९.०४ करोड र भारत बाहिर २८.०४ करोड बक्स अफिस कलेक्सन रहेको निर्माण पक्षले जनाएको छ। जसमध्ये युएईमा मात्र ७.०२ करोड कलेक्सन रहेको छ।
कोरोना महामारीपछि रिलिज भएको फिल्ममध्ये यो भारतमा धेरै कमाइ गर्ने फिल्ममा परेको छ।

नेपालमा पनि लामो समयदेखि बन्द रहेका चलचित्र हलहरुमा बिस्तारै दर्शक बढिरहेका छन् । नेपालका निर्माताहरु लगानि डुब्ला भन्ने डरले भारतिय चलचित्रको पर्खाइमा बसेका थिए।

रोहित सेट्टी निर्देशीत यस चलचित्रले नेपालको चलचित्र क्षेत्रलाई समेत चलायमान बनाउन भूमिका खेलेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *