घोषणापत्र अनुसार ओली सरकारले काम गर्न सकेन : प्रचण्ड

 ग्लोबल टिभि      आइतवार, माघ ४, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको आरोप लगाएका छन्।

आइतबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको र अब आफूहरुले गर्ने बताए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने स्पष्ट पारेका छन् । प्रचण्डले लामो संघर्ष र बलिदान पछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गरे

उनले ओलीभित्रको रोग कतै आफूलाई सर्छ कि भनेर डर लागिरहेको टिप्पणी गर्दै केपी प्रवृत्तीको मेजर उपचार गर्नुपर्ने आवश्यक ठानेर संघर्षमा उत्रिएको धारणा राखेका छन् ।

प्रचण्डले युवाहरुको काँधमा भोलीको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै देश( दुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गरेका छन्।

सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्यापछि आफु हासेर बस्न नसक्ने उनले बताए।

ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उनले बताए । त्यस्तै सर्वोच्चले जनताको पक्षमा फैसला गर्ने समेत उल्लेख गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *