नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : कानुनमन्त्री कोइराला

 ग्लोबल टिभि      बिहिबार, असार १६, २०७९      0

असार १६-कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले ०७५ सालदेखिका ५३ वटा विधेयक अगाडि बढ्न बाँकी रहेको बताए । यस्तै ८ अध्यादेशहरू हाल प्रतिस्थापन विधेयकको रूपमा अघि बढेको बताए ।

मन्त्री कोइरालाले संसदलाई क्रियाशील बनाउन केही सांसदको भूमिका देखिएको बताए । प्रेम सुवाल, सुवास नेम्वाङको भूमिका संसदलाई क्रियाशील बनाउन प्रभावकारी रहेको उनको भनाई थियो । उनले पूर्व सांसद मञ्चले संसदीय क्रियाकलापको समीक्षा गर्ने र संसदको वाचडगको भूमिकामा रहनुपर्ने बताए ।

संसदको अभ्यास पश्चिमा देशबाट सुरू नभई पूर्वीय सभ्यताबाट सुरू भएको उल्लेख गरे । उनले बुद्धको पालामा नेपालमा संघको व्यवस्था गरिएको र हिन्दु धर्ममा पनि सभाको व्यवस्था रहेको बताए । महाभारतमा द्रौपदीको चिरहरण सभामा भएको बताए । उनले आफु गैरसांसद मन्त्री भएकोमा न दुःखी छु न खुसी रहेको पनि उल्लेख गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *