यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

 ग्लोबल टिभि      मङ्लबार, भदौ २८, २०७९      0
sf7df8f}F, @% df3 . ;~rf/ tyf ;”rgfk|ljlwdGqL 1fg]Gb|axfb’/ sfsL{ dªunaf/ dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifb a}7ssf] lg0f{o ;fj{hlgs ub}{ . t:jL/ M /Tg >]i7, /f;;

भदौ २८–  सरकारले करिब एक दर्जन निर्णय र नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विदेश भ्रमण र सहुलियत ऋण लिने स्वकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको बताए ।

यस्ता छन् मन्त्रिपरिषद् निर्णय

–राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरीक्षकमा हुत्तराज थाप बढुवा नियुक्ति

–महालेखापरीक्षण टंकमणि शर्मा दंगाल नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च सन्तानहरूको २४ औँ महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने

–बेरुजु फर्छ्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने

–विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २२५ अमेरिकन डलर अर्थात करिब ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने

–महिला संरक्षण तथा उत्थान प्रणाली परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने वार्ता टोली गठन गर्ने

–अमेरिकाको वाशिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने

–०७९ असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना कार्यक्रममा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको भ्रमण स्वकृति गर्ने

–सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने

–नेपाल र रोमानियाबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वकृत प्रधान गर्ने

–चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणको अवसरमा वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने

–पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने

–इजरालको कार्यक्रममा सहभागी हुन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई स्वीकृत दिने

– मधेस प्रदेशमा चिडियाखाना बनाउन स्वीकृत दिने

–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *