देशलाई ठूलो दुर्घटनाबाट जोगाउन गठबन्धन बनेको होः नेता सिंह

 ग्लोबल टिभि      बिहिबार, भदौ ३०, २०७९      0

भदौ ३० –नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन नेकपाको सरकारले संघीय कानुन समयमा नबनाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए । उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको दाबी गरे ।

उनले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । आज काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए । उनले बागमती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने बताए ।

कार्यक्रममा सरोकारवाला निकायहरू र आम सर्वसाधारणहरूले खानेपानी सम्बन्धी समस्याको उचित व्यवस्थापन गर्न माग गरे । उनीहरूले वर्षमा एकपटक मात्रै सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु भनेको औपचारिकता जस्तो भएको गुनासो गरे । उनीहरूले ढल व्यवस्थापन र फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *