प्रचण्ड र बाबुरामबीच भेटवार्ता, के भयो कुराकानी?

 ग्लोबल टिभि      शनिबार, पुस २३, २०७९      0

पुस २३ – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ। भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

माओवादी र नेपाल समाजवादी पार्टीबीच चुनावअघि नै एकता गर्ने गरी छलफल भएको थियो। आजको छलफलमा सोहि प्रयासलाई अघि बढाउने बिषयमा पनि छलफल भएको बुझिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *