उड्दै गरेको बिमान जब… भुँईमा बजारियो, आगोको मुस्लो उठ्यो !(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, माघ २, २०७९      0

कैलाश- पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाजमा सवार रहेका ६९ जनाको शव भेटिएको छ । मृतकमध्ये ४४ जनाको शव मंगलबार काठमाडौं ल्याउने तयारी समेत गरिएको छ । २३ जनाको शव पोखरामै आफन्तलाई बुझाइने भएको छ । पहिचान हुन नसकेका शवको भने काठमाडौंमै डिएनए परीक्षण गरिने भएको छ ।

आइतबार पोखरामा यती एयरलाईन्सको बिमान दुर्घटना हुदा ६९ जनाले अकालमै ज्यान गुमाए । ३ जनाको अबस्था अझै अज्ञात छ । यति एयरलाईन्सको नाईनएन एनसी एटिआर–७२, ५०० बिमान आइतबार बिहान काठमाडौंबाट १० बजेर ३२ मिनेटमा पोखराका लागी उड्यो । चालक दलका सदस्य सहित ७२ जना बोकेको उक्त बिमानले पोखरामा अबतरण हुन पाएन । आकासमा नियन्त्रण गुमाएपछी सेतीको खोचमा खस्यो, भुईमा बजारीयो र आगोले खरानी भयो ।

समाजिक सञ्जालमा अहिले यो भिडियो भाइरल छ । यो भिडियो यात्रु सोनु जैसवालले विमान भित्रैबाट खिचेको र फेसबुकमा लाइभ गरेको दावी गरीएको छ । १ मिनेट ३८ सेकेण्ड यो भिडियोमा बिमान दुर्घटनाको कहालीलाग्दो दृश्य समेटिएको छ । भिडियोमा एक ब्यक्ती देखिन्छन् । एनआईसी एसिया बैंकको विज्ञापन पनी भिडियो देखिन्छ । पोखराका दृश्यहरु पनी देखिन्छन । त्यसपछी चिच्याहट सुनिन्छ, आगोको मुस्लो देखिन्छ ।

बिमान दुर्घटनाले अहिले नेपाल सोकमग्न छ । बिमानमा सवार ३ जनाको अबस्था अझै पत्ता लाग्न सकेको छैन । आफन्तले शव बुझ्न पाएका छैनन् । दुर्घटनामा परी ज्यान गुमाएकाका आफन्तले सोमबार पोष्टमार्टमा गृह अगाडी प्रदसन गरेका छन । उनीहरुले दुर्घटनाको २४ घण्टा सम्म पनी शव नपाएपछी आक्रोस पोखेका हुन् ।

दुर्घटनामा निधन भएकाहरुमध्ये ४४ जनाको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ । अन्य २३ जनाको भने पोखरामै आफन्तलाई शव बुझाउने बताइएको छ । ४४ जनाको शव मंगलबार बिहान काठमाडौं ल्याउने तयारी भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *