रविको विषयलाई लिएर प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल जारी

 ग्लोबल टिभि      सोमवार, माघ २३, २०७९      0

माघ २३– राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि ती नेताबीच छलफल भइरहेको छ ।

सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमालेलाई मनाउने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *