शक्तिशाली प्रचण्ड, ओलीलाई ‘यसरी लगाउँदै छन’ ठेगान !(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १, २०७९      0

कैलाश/गणेश-  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एकलौटी निर्णय गर्न थालेको भन्दै सत्ता गठबन्धनमा असन्तुष्टि देखिन थालेको छ । रवि लामीछानेलाई पुनः गृहमन्त्री नियुक्त नगरेपछी सत्ता साझेदार दलहरुबिच दरार आएका बेला जनयुद्ध दिवसमा आफुखुशी विदा दिएपछी प्रधानमन्त्री प्रचण्ड आलोचित बनेका छन ।

प्रतिनिधिसभामा २ सय ६८ सांसदको अभुतपुर्व विश्वाससहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सत्ताको नेतृत्व गरिरहेका छन् । तर उनलाई प्रधानमन्त्रीको कुर्सीसम्म पु¥याउने सातदलिय गठबन्धन भित्र खटपट शुरु भइसकेको छ । उनलाई प्रधानमन्त्री बनाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै उनीसँग असन्तुष्ट छन । तर प्रधानमन्त्री प्रचण्ड भने एकपछी अर्को अडान लिदै ओली चिढ्याउने काम गरिरहेका छन । सोमबार ‘जनयुद्ध’ दिवसमा सार्वजनिक विदा दिएर प्रचण्डले ओलीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई समेत चिढ्याएका छन । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामीछानेलाई पुनः गृहमन्त्री नियुक्त नगरेर एमाले अध्यक्ष ओलीको दबाबलाई अस्विकार गरेका प्रचण्ड अहिले एकलौटी निर्णय गर्न थालेका छन ।

प्रधानमन्त्रीको जिम्मेवारी दिएपनी प्रचण्डलाई साईजमा राख्ने उद्देश्यसहित एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरिरहेका छन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बलमा एमाले अध्यक्ष ओली प्रचण्डलाई आफु अनुकुल बनाउन खोजीरहेका छन । तर प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले काधै थापेर विश्वासको मत दिएपछी भने प्रधानमन्त्री प्रचण्ड आफुलाई अनुकुल हुनेगरी काम गर्न थालेको देखिएको छ ।

आफैले बनाएका प्रधानमन्त्री आफैमाथी हाबी हुन थालेपछी एमाले अध्यक्ष ओली प्रचण्डसंग खुशी छैनन् । तर प्रचण्डसँग निरन्तर भेटीरहेका छन । पहिले प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालकोट बोलाउने ओली अहिले आफै बालुवाटार पुगीरहेका छन । तर जती ओली र प्रचण्डको भेट बाक्लीएको छ । त्यती नै सम्बन्ध चिसिदै गएको विश्लेषण भईरहेको छ ।

प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको तेस्रो कार्यकाल हो । यसअघि विक्रम सम्बत् २०६४ सालमा २ सय २० सिट भएपनी प्रचण्डले एक वर्ष नपुग्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए । ८० सिट भएका बेला २०७३ सालमा प्रधानमन्त्री भएका प्रचण्डले त्यतीबेला पनी एक वर्ष नपुग्दै सत्ता गुमाउनु परेको थियो । यसपटक भने प्रचण्डसंग ३३ सिट मात्र छ । तर संसदमा अभुतपुर्व विश्वास पाएका प्रचण्ड यसपटक भने शक्तीशाली भुमिकासहित ५ वर्ष नै सत्ता चलाउने दाउमा छन । प्रचण्डको शक्ति फागुन २५ गतेपछि भने कमजोर हुने आँकलन गरिएको छ । किनकि त्यसबेलामा राष्ट्रपति चुनावका कारण एमाले वा कांग्रेसमध्ये एउटा पार्टीको साथ प्रचण्डले गुमाउने करिब निश्चित छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *