२ खेल जिते नेपालले एकदिवसीय मान्यता जोगाउने

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन २३, २०७९      0

फागुन २३  – आइसिसी विश्वकप लिग–२मा नेपाल यूएई र पपुवा न्यूगिनी बीचको श्रृखला पर्सि देखि नेपालमा हुँदैछ । नेपालले फागुन २५ गते पहिलो खेल पपुवा न्यूगिनीसंग खेल्नेछ।

फागुन २८गते दोश्रो खेल यूएईसंग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी नेपालले तेश्रो खेल फागुन २९ मा पपुवा यूगिनीसंग तथा चौथो खेल चैत २ गते यूएईसंग खेल्नेछ।

नेपालको क्रितिपुर क्रिकेट मैदानमा हुने खेलमा तीन टोलीवीच एक आपसमा दुई दुई खेल हुनेछ । अव तीन टोलीले चार चार खेल खेलेपछि आइसिसी विश्वकप लिग–२को सम्पूर्ण खेल सकिनेछ ।  यूएई भ्रमणमा रहेको नेपालले हिजो घरेलु टोलीलाई ४२ रनले हराएपछि एकदिवसीय मान्यता जोगाउन नेपालले चार मध्ये दुई खेल जिते पुग्ने भएको छ । सात राष्ट्र सहभागी यो प्रतियोगितमा चार राष्ट्र स्कटल्याण्ड, ओमान , नामिबिया र अमेरिकाले ३६ वटै खेल खेलिसकेका छन । स्कटल्याण्ड र ओभान क्रमश पहिलो र दोश्रो हुँदै विश्वकप छनोटमा पुगिसकेका छन।

स्कटल्यान्ड ३६ खेलमा ५० अंकका साथ पहिलो हुँदै सोझै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको हो । ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ नेपाल पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ।

नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले बाँकी चार खेल जित्दा नेपालको कुल ४० अंक हुनेछ । नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै तेस्रो स्थान बनाउन सफल हुनेछ।

अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा हुनेछन । नामिबियाको सबैभन्दा उच्च सम्भावना छ । नेपाल र युएई अव बाँकी एक खेलमा हार्दा शीर्ष तीन दौडबाट बाहिरिनेछन् ।यदि नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटको लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार, क्यानडा र जर्सी हुनेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *