मुलपानीमा अन्तराष्ट्रिय क्रिकेट, सिंगापुरलाई हराउदै हङकङले रच्यो इतिहास

 ग्लोबल टिभि      बुधबार, बैशाख ६, २०८०      0

कैलाश कठायत

वैशाख ६ – एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात , मलेसिया ६ विकेटले पराजित , सिंगापुरलाई हराउदै हङकङले रच्यो इतिहास ।मुलपानी क्रिकेट ग्राउण्डमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने नेपाल क्रिकेट संघ ‘क्यान’को सपना पुरा भएको छ । एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरले खेलेसँगै मुलपानीमा अन्तराष्ट्रिय खेल खेलाउने ‘क्यान’को सपना पुरा भएको हो । किर्तिपुर क्रिकेट ग्राउण्डको बिकल्पका रुपमा तयार गरिएको मुलपानी क्रिकेट ग्राउण्डमा सिंगापुरलाई पराजित गरेर हङकङले इतिहास रचेको छ ।

मुलपानी क्रिकेट ग्राउण्डमा पहिलो पटक क्रिकेटको अन्तराष्ट्रिय म्याच खेलाइएको छ । निर्माणको लामो समयसम्म पनि पुर्ण हुन नसकेको मुलपानी क्रिकेट ग्राउण्डमा अन्तराष्ट्रिय म्याच खेलाउने नेपाल क्रिकेटको सपना पुरा भएको हो । एसीसी प्रिमियर कप अन्र्तगत मुलपानीमा हङकङ र सिंगापुरले पहिलो अन्तराष्ट्रिय खेल खेलेका छन् ।

हङकङ मुलपानीमा पहिलो अन्तराष्ट्रिय खेल खेल्ने देश मात्र बनेको छैन । हङकङ सिंगापुरलाई ८ विकेटले पराजित गरेर मुलपानीमा पहिलो अन्तराष्ट्रिय खेल जित्ने टिम पनि बनेको छ । एसीसी प्रिमियर कपको खेल तालीका अनुसार मुलपानीमा अझै १० खेल हुन बाँकी छ । हङकङ र सिंगापुरको खेल सकिएपनी अझै समुह चरणका ९ खेल मुलपानीमा हुनेछन ।

एक सेमिफाईनलको खेल पनी मुलपानीमा हुनेछ । नेपालले पनी १ खेल मुलपानीमा खेल्नेछ । नेपाल र साउदी अरेबिया बैसाख ११ गते मुलपानीमा भिड्नेछन । मुलपानी क्रिकेट ग्राउडले पहिलो अन्तराष्ट्रिय खेलको आतिथ्यता गर्न लामो समय कुनुप¥यो । माथिल्लो मैदानका रुपमा चिनिने मुलपानी मैदानको निर्माण कार्य विक्रम सम्बत् २०६३ सालमा सुरु भएको हो ।

सरकारी तबरबाट बेला बेलामा बजेट बिनियोजन हुदा पनी निर्माण सुरु भएको १७ वर्ष सम्म पनी मुलपानी पुर्णता पाएको छैन । एसीयन क्रिकेट काउन्सीलले एसीसी प्रिमियर कप सञ्चालन गर्ने अनुमती दिएपछी नेपाल क्रिकेट संघ क्यानले मुलपानीलाई पनी तयार गरेको थियो । नेपाली क्रिकेट समर्थक नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय क्रिकेटमा गरीरहेको प्रगतीले मन्त्रमुग्ध छन । तर खेलाडीले क्रिकेटमा सानदार प्रदर्शन गरेर खुशीको उपहार दिदा पनी कहिले कतै नेपाली क्रिकेट समर्थकको मन खिन्न हुन्छ । कारण हो, नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान  नहुनु ।

मुलपानी अहिले सम्म अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान त बन्न सकेको छैन । तर मुलपानीमा पहिलो अन्तराष्ट्रिय खेल हुँदा नेपाली क्रिकेट समर्थक, नेपाली क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी पक्कै खुशी भएका छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *