मकै बारीमा लुकाएर राखिएको १४ बोरा गाँजा बरामद

 ग्लोबल टिभि      बुधबार, बैशाख १३, २०८०      0

वैशाख १३– मोरङ प्रहरीले लुकाएर राखिएको अवस्थामा १४ बोरा गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका वडा नम्बर २ बेरियारी टोलस्थित मजेबुल मियाँको मकै बारीमा लुकाएर राखिएको ४२२.३३ किलो ग्राम परिमाणको सो गाँजा प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको र यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *