कर्नाटक विधानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेस

 ग्लोबल टिभि      शनिबार, बैशाख ३०, २०८०      0

वैशाख ३०– भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेस आई अगाडि देखिएको छ ।

जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाइरहेको छ । भाजपा ७८ स्थानमा अगाडि रहेको छ ।

यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दलले ३ स्थानमा अग्रता लिइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *