गण्डकी प्रदेशः बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख विनियोजन

 ग्लोबल टिभि      शुक्रबार, असार १, २०८०      0

असार १- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेका हुन् ।

बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालन खेती गर्न कृषकलाई प्रवर्द्धन गरिने मन्त्री मगरले बताए । ‘कृषि क्षेत्रको अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने गर्ने, बजारीकरण गर्ने, सितभण्डार गर्न बजेट विनियोजन गरेको छु,’ उनले भने, ‘कृषिको व्यवसायीकारण गर्न र कृषि उत्पादन प्रांगारिक मल गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’

मन्त्री मगरले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको सुनाए । प्रदेश भित्रका ५ सय रोपनी जग्गाको चक्कालबन्दी गर्ने उनले सुनाए । प्रदेशका अधिकार भित्र रहेको सहकारीका क्रियाकलापमा नियमित र संघन अनुगमन गरिने उनले घोषणा गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *