पाँच वर्षपछि पोखरामा भोलि विश्व संगीत दिवस मनाइँदै

 ग्लोबल टिभि      मङ्लबार, असार ५, २०८०      0

असार ५ –  पोखरामा बुधबार विश्व संगीत  दिवस मनाइने भएको छ। सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८ संस्थाले कार्यक्रम गर्न लागेका हुन्।

संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व संगीत दिवसलाई निरन्तरता दिन सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।

पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रमले पोखराको सांगीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ ।

सोह्र विभिन्न प्रस्तुति रहने कार्यक्रममा दर्शकले निःशुल्क प्रवेश पाउने छन्। गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम गर्न लागेको संस्थाले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *