कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र श्रेष्ठको संयुक्त इजलासमा

 ग्लोबल टिभि      सोमवार, साउन ८, २०८०      0
file photo

साउन ८ –  कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ।  कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजोका लागि तोकिएको पेशी हेर्न नमिल्ने भन्दै आजका लागि सारिएको थियो। हिजो पेशी सरेपछि आज न्यायाधीशद्वय सुष्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजालमा पेशी तोकिएको हो। माथेमा र श्रेष्ठको इजलासमा पेशी दुई नम्बरमा रहेको छ।

एमालेका हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई ढालेर गठवन्धनले कोशी प्रदेशमा कंग्रेस नेतृत्वमा सरकार गठनको विषयलाई लिएर सर्वोच्चमा रिट दायर भएको थियो।  सभामुखको मतलाई समेत जोडेर बहुमत पेश गरिएको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारविरुद्ध रिट निवेदन दर्ता गराएका हुन्।

थापा नेतृत्वको सरकालाई यहि साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यता छ, तर सरकार गठन अवैधानीक भएको भन्दै विपक्षी दल एमाललेले नयाा सरकार गठन गर्नुपर्ने मागसहित सर्वोच्च रिट दिएको थियो।

९३ सदस्यीय प्रदेश सभामा सभामुख सहित गठबन्धन दलले ४७ जना सांसदको समर्थन आफूहरुलाई रहेको दाबी गर्दै सरकार गठन गरेको थियो। यहि विषयमा एमालेले सर्वोच्चमा दायर गरेको रिटमाथि आजबाट सुनुवाई हुन लागेको हो। सभामुख तटस्थ रहनुपर्ने कानुनी व्यवस्था विपरीत माओवादीबाट सभामुख भएका बाबुराम गौतमले सरकार निर्माणमा आफूलाई समेल गराएको भन्दै आलोचना भइरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *