मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

 ग्लोबल टिभि      बिहिबार, साउन ११, २०८०      0

साउन ११ – दाङमा मोटरसाइकलले ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले गएराती पूर्व पश्चिम राजमार्ग अन्तरगत नर्तीमा ठक्कर दिंदा सोही ठाउँ निवासी करिब ४० बर्षिय सन्तु चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका–२ वनकट्टा निवासी शुरेस चौधरीलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । मृतक चौधरीको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *