कोसीमा गठबन्धनका तर्फबाट सरकारमा दाबी पेस

 ग्लोबल टिभि      मङ्लबार, साउन १६, २०८०      0

साउन १६ –  कोसीमा गठबन्धनका तर्फबाट सरकारका लागि दाबी पेस भएको छ ।  कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

दाबीपत्रमा सांसदहरूको संख्या मात्र उल्लेख छ । संसदीय दलका नेताहरूले भने हस्ताक्षर गरेका छन् । कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी राजेन्द्र राई र जसपा निर्मला लिम्बुले हस्ताक्षर गरेका छन् ।

आजै सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए ।

Koshi1690888914.jpg

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *