कोशी प्रदेशमा ६४ सय बढीमा डेंगीको संक्रमण

 ग्लोबल टिभि      सोमवार, साउन २२, २०८०      0
file photo

साउन २२ –   कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ। कोशी प्रदेशमा आइतबारसम्ममा ६ हजार ४ सय ६४ जनामा डेंगी संक्रमण देखिएको छ।

कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा संक्रमण बढी मात्रामा संक्रमण देखिएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा हालसम्म सक्रमण देखिएको छैन।

आइतबारसम्म सुनसरीमा ४ हजार ५ सय ५८, मोरङमा ९ सय १८, झापामा ४ सय ५४, उदयपुरमा १ सय ६८ र धनकुटामा १ सय ८ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक जानबहादुर बस्नेतले जानकारी दिए।

यस्तै, भोजपुरमा ८४, संखुवासभामा ७८, तेह्रथममा ५८, इलाममा २५, ताप्लेजुङमा ११, पाँचथरमा ५, खोटाङमा ४ जनामा संक्रमण देखिएको बस्नेतले बताए।

डेंगी संक्रमणबाट हालसम्म कोशी प्रदेशमा ९ जनाको मृत्यु भएको र ती सबै सुनसरीका रहेको निर्देशनालयले जनाएको छ । डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिए। डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *