पूर्वी युक्रेनको बजारमा ‘रुसी क्षेप्यास्त्र आक्रमण’, १७ जनाको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, भदौ २१, २०८०      0

भदौ २१ – युक्रेनमा ‘शान्त सहर’ भनिने गरिएको कोस्ट्यान्टिनीभ्कामा बुधवार दिउँसो भएको क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ। उक्त सहरस्थित एउटा व्यस्त बजारमा भएको उक्त आक्रमणलाई युक्रेनमा असामान्य मानिएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई “नियोजित आक्रमण” भन्दै त्यसको निन्दा गरेका छन्। उनले उक्त आक्रमण रुसले गराएको आरोप लगाएका छन्। तर रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

सामाजिक सञ्जालमा प्रकाशित भिडिओहरूमा मानिसहरूले किनमेल गरिरहेको बजार क्षेत्रको सडकको पल्लो छेउमा विस्फोट भई गाढा सुन्तला रङ्गको धुवाँ उडेको देखिन्छ।युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोमाथि दोषारोपण गर्दै “मारिएका मानिसहरू निर्दोष भएको” बताएका छन्। उनका अनुसार मृतकको सङ्ख्या अझ बढ्न सक्छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन युक्रेन भ्रमणमा रहेका बेला नै आक्रमण भएको हो। विगत डेढ वर्षमा चौथो पटक युक्रेन पुगेका ब्लिङ्कनले राष्ट्रपति जेलेन्स्की र अन्य युक्रेनी अधिकारीहरूलाई भेटेपछि एक अर्ब अमेरिकी डलरभन्दा बढीको सहयोग घोषणा गरेका छन्।

कोस्ट्यान्टिनीभ्का सहर युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पर्छ। त्यो सहर युद्धमोर्चाबाट नजिकै छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *