एसियाड पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

 ग्लोबल टिभि      बुधबार, अशोज ३, २०८०      0

असोज ३ – १९औं एसियन गेम्स ९एसिडाड० अन्तर्गत मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्दैछ ।

पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको इरानसँग खेल्नु नेपालको लागि ठूलो अवसर हुनेछ ।

समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३(१ को सेटमा पराजित भएको थियो ।

पहिलो खेलमा पराजित भएको नेपालका लागि समूह चरण पार गर्न कठिन देखिन्छ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

यसपटक पुरुष भलिबलमा वरीयता छुट्याउनका लागि कुनै खेल नहुने भएकोले समूह चरणबाट बाहिरिने टोलीहरु सीधै घर फर्कनेछ ।

सहभागी १९ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

१९औं एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ देखि सुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् ।

नेपालले भलिबलमा पुरुष र महिला दुवैमा सहभागिता जनाउनेछ भने फुटबलमा महिला र क्रिकेटमा पुरुष टोली मात्र सहभागी हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *