आफ्ना नागरिकको रक्षा र उद्धार गरिदिन इजरायलसँग नेपाल सरकारको आग्रह

 ग्लोबल टिभि      आइतवार, अशोज २१, २०८०      0

असोज २१ – नेपाल सरकारले इजरायलमा रहेका नेपालीलाई उद्धार गरिदिन इजरायल सरकारसँग आग्रह गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गर्दै इजरायलमा रहेका नेपालीको रक्षा र उद्धारका लागि आग्रह गरेका हुन्।

आज परराष्ट्र मन्त्रालयमा गोडरसँग भेटघाट गर्दै मन्त्री साउदले इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका छन्। छलफलका क्रममा उनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी गरेका थिए।

जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाए। उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूति प्रति सरकारलाई धन्यवादसमेत दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *