एनआरएनए फुट्यो, आरके शर्माको नेतृत्वमा बन्यो समानान्तर कार्यसमिति

 ग्लोबल टिभि      आइतवार, कार्तिक ५, २०८०      0

कार्तिक ५ –  गैरआवासीय नेपाली संघ (एनआरएन) ११औँ महाधिवेशनबाट फुटेको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गरेको समूहले राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको छ । यो कार्यसमिति नै आधिकारिक भएको उनीहरूले दाबी पनि गरेका छन् ।

समानान्तर कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी रहेका भने महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

त्यसैगरी, महासचिवमा बुद्धी सागर, उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला रहेका भने सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीबी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला रहेका छन् । त्यसैगरी, कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना र सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना रहेका छन् ।

महिला सचिवमा विमला सापकोटा, महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी र महिला संयोजकमा देविका केसी गुरुङ रहेका छन् ।

शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । मतपरिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको उनीहरूको तर्क छ । विवादका बीच शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि भएको उनीहरूको आरोप छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *