सेयर बजारमा २१ अंकको सुधार, कारोबार रकम घट्यो

 ग्लोबल टिभि      सोमवार, कार्तिक २०, २०८०      0

कार्तिक २० –  साताको दोस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार आएको छ । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेको हो । अघिल्लो दिन आइतबार नेप्सेमा २१ अंककै गिरावट आएको थियो ।

सोमबार नेप्से १.१६ प्रतिशतले बढेर १८४७.५४ अंकमा कायम भएको छ । कारोबारमा आएका १ सय ९९ कम्पनीको मूल्य बढ्दा सेयर बजार बढेको हो । ३२ कम्पनीको मूल्य घट्दा ६ वटाको भने स्थिर रहे ।

नेप्से बढेको दिन बजारमा ४७ हजार २ सय ३१ कारोबारमार्फत् २ सय ८३ स्क्रिप्टको ३५ लाख ५५ हजार ६ सय ७९ इकाइ सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा किनबेच भए । कारोबार रकम आइतबारको तुलनामा ३ अर्ब ३४ करोड रुपैयाँ कम हो ।

यसदिन सोल्टी होटलको सर्वाधिक ६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी सोनापुर मिनिरल्स एन्ड आयलको ५ करोड ६२ लाख रुपैयाँको किनबेच हुँदा हाथवे इन्भेस्टमेन्ट, हिमालयन बैंकको संस्थापक सेयर र मञ्जुश्री फाइनान्स कारोबार रकमको आधारमा शीर्ष ५ मा परे ।

नेप्से बढेको दिन हावथेका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९३ प्रतिशतले बढेको छ । मूल्य बढ्ने कम्पनीको सुचीमा आशा लघुवित्त, दिव्यश्वरी हाइड्रो र माइखोला हाइड्रो शीर्ष ५ मा अटाएका छन् । यता लक्ष्मी लघुवित्तको सेयर मुल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ । मूल्य घट्ने सेयरको सूचीमा विन नेपाल लघुवित्त, एनआईसी एसिया लघुवित्त,  एनआईसी एसिया ब्यालेन्स्ड फन्ड र मायाखोला हाइड्रो अगाडि रहे ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स ३.३३ अंकले बढेर ३५५.७३ अंकमा कायम भएको छ भने कारोबारमा आएका सबै समूहको उपसूचक बढेका छन् । तीमध्ये होटल तथा पर्यटन समूह सर्वाधिक ३.७३ प्रतिशत र निर्जीवन बीमा समूह २.३६ प्रतिशतले बढेका छन् ।

सेयर बजार बढ्दा लगानीकर्ताको कुल सम्पत्ति ३३ अर्ब रुपैयाँले बढेको छ । आइतबार कारोबार समाप्तिसम्म २८ खर्ब १३ अर्ब १९ करोड बजार पुँजीकरण सोमबारको कारोबार समाप्तिसम्म २८ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *