एन्फा अध्यक्ष नेम्वाङ बर्खास्तीको प्रस्ताव अस्वीकृत

 ग्लोबल टिभि      बिहिबार, कार्तिक २३, २०८०      0

कार्तिक २३ –   अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।

हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो ।

प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५३ मत परेको छ । एक मत बदर भएको छ । विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान गरेनन् ।

एन्फाको १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भए पनि ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए । एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक पर्ने विधानको व्यवस्था छ ।

गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेश गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *