इजरायलको बमबारीले गाजाका अस्पतालहरुमा उपचार सेवा बन्द

 ग्लोबल टिभि      आइतवार, कार्तिक २६, २०८०      0

कार्तिक २६ – इजरायलको निरन्तर बमबारीले गाजाका अस्पतालहरुमा उपचार सेवा बन्द भएको छ । आक्रमण जारी हुँदा त्यहाँको ठूलो अस्पताल अल शिफाबाट बिरामीहरु र कर्मचारीलाई सुरक्षित स्थानमा लैजानसमेत अवरोध भएको हो ।

इजरायली सैनिकले अस्पताल वरपर हमासको समूहसँग भिडन्त भइरहेको दाबी गरेका छन् । चिकित्सकहरुले गाजाका अस्पतालहरुले युद्धकै कारण सेवा प्रवाह गर्न नसकेको बताएका छन् । गाजाको स्वास्थ्य क्षेत्रमा पानी, खाद्यान्न र विद्युत आपूर्तिमा समेत समस्या भएको र सघन उपचार इकाइ पनि आक्रमणमा परेको चिकित्सकले जनाएका छन् ।

इजरायली सेनाले अस्पतालमूनि भूमिगत गतिविधि सञ्चालन भएको आरोप लगाएको छ । इजरायली सेनाले अल शिफाबाट मानिसहरुलाई निस्कन करिडोर बनाएको र बालबालिकालाई सुरक्षित स्थान्तरण गर्ने बताएको छ ।

त्यस क्षेत्रमा करिब चौध हजार विस्थापितहरु एकदमै आतंकित र त्रसित अवस्थामा रहेको प्यालिस्टिनी पक्षले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *