सर्वोच्च अदालतको आदेशविपरीत गण्डकीका मुख्यमन्त्रीले थपे २ मन्त्रालय

 ग्लोबल टिभि      बिहिबार, चैत्र २९, २०८०      0

चैत्र २९ –  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुई मन्त्रालय थप गर्ने निर्णय गरेका छन्। उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेका हुन्।

गठबन्धन दललाई भाग पुर्‍याउन मुख्यमन्त्री अधिकारी मन्त्रालय थप गरेका हुन्। यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा अब ९ मन्त्रालय हुनेछन्।

सर्वोच्च अदालतले बुधबारमात्र दीर्घकालीन असर पर्ने निर्णय नगर्न मुख्यमन्त्री अधिकारीका नाममा अन्तरिम आदेश जारी गरेको थियो। निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा न्यायाधीश विनोद शर्माको एकल इजलासले सभामुख कृष्णप्रसाद धितालको समेत गणना गरेको र संवैधानिक व्याख्याको प्रश्न, संसदीय अभ्यास, यस अदालतबाट स्थापित सिद्धान्तलगायत विषयमा निरुपण हुन आवश्यक देखिएको भन्दै त्यस्तो आदेश दिएको थियो। नियुक्तिविरुद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुने भन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेशी तोकिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *