हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

 ग्लोबल टिभि      सोमवार, बैशाख ३, २०८१      0

बैशाख ३ – एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर हङकङ चाइनालाई पहिला ब्याटिङको निम्तो दिएका थिए । उसले  १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनायो । हङकङलाई सस्तैमा समेट्न नेपालका लागि अभिनाश बोहोराले ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १४ रन दिएर २ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरीले पनि २ विकेट लिए ।

अब नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ । यो खेलमा जित हात पारे यसअघि दुई खेल जितिसकेको नेपाल सेमिफाइनल पुग्नेछ । नेपाल समूह चरणमा अन्तिम खेल ५ वैशाखमा साउदी अरबसँग खेल्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *