काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई सांसद शर्माको २० लाख सहयोग

 ग्लोबल टिभि      बिहिबार, बैशाख ६, २०८१      0

बैशाख ६ – प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

बिहीवार शर्माले काठमाडौंको हेपाली हाइटमा रहेको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै सांसद शर्माले राज्य गर्नुपर्ने काम डा. कोईरालाले आफैँ गर्न लागेकाले कोईरालाको सम्मान स्वरुप आफूले सहयोग गरेको बताए । उनले बच्चाहरुको लागि सातै प्रदेशमा अस्पताल निर्माण गर्न लागेकाले २० लाख रुपैयाँ सहयोग गरेको बताएका छन् । उनले विदेशमा बस्ने नेपालीहरुलाई वितृष्णा छाएकाले सकारात्मक सन्देश दिन जरुरी हुने बताएका छन् ।

डा. भगवान कोईरालाले लामो डाक्टर जीवनको भोगाईमा पाएको पीडाको निष्कर्षबाट अस्पताल निर्माण गर्न लागेको बताएका छन् । उनले २५ वर्षमा नेपालमा बालबालिकाहरुलाई बचाउन सक्ने अवस्था रहेको तर मुलुकको व्यवस्थापकीय क्षमता र प्रविधिको कमीले गर्दा नसकिएको बताएका छन् । उनले बालबालिकाहरुको उपचारको लागि प्रमुख प्राथमिकता दिएर सेवा दिने उद्देश्यले अस्पतालको निर्माण थालिएको बताएका छन् ।

कियोच अस्पतालले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको पनि डा. कोईरालाले जानकारी दिनुभयो । उहाँले गैर नाफामुलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *