भारतको निर्वाचनमा मतदाता ‘लोभ्याउन सित्तैमा बिअर र ट्याक्सी सवारी’

 ग्लोबल टिभि      बिहिबार, बैशाख १३, २०८१      0

 बैशाख १३ –  दक्षिण भारतको बेङ्गलुरु सहरमा मानिसहरूले संसदीय निर्वाचनमा मतदान गरून् भनेर धेरै कम्पनीहरूले प्रोत्साहनस्वरूप विभिन्न उपाय घोषणा गरेका छन्। त्यहाँ मतदाताले निःशुल्क खाना खान र ट्याक्सी चढ्न पाउने छन्।

कर्नाटक राज्यको बेङ्गलुरु सहरमा प्रायः कम मतदान हुने गरेको छ। त्यसैले होटल, ट्याक्सी सेवा र अरू कम्पनीहरूले मानिसहरूलाई मतदान गर्न प्रेरित गर्न यस्तो उपाय खोजेका बताइन्छ। मतदाताहरूले निःशुल्क बिअर, निःशुल्क स्वास्थ्य परीक्षणको अवसर र ट्याक्सी चढ्दा छुट पनि पाउने छन्।

खानेकुरा बेच्ने केही स्थानमा निःशुल्क सेवा लिन ग्राहकले आफूले मतदान गरेको प्रमाणका रूपमा नङमा मसी दलिएको देखाउनुपर्ने छ।बेङ्गलुरुमा शुक्रवार मतदान हुने छ। भारतमा सात चरणमा निर्वाचन हुँदै छ। शुक्रवार दोस्रो चरणमा विभिन्न स्थानमा मतदान हुने योजना छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *