लगानी सम्मेलनमा डेढ सय आयोजना ‘सोकेस’

 ग्लोबल टिभि      आइतवार, बैशाख १६, २०८१      0

 बैशाख १६ –  मुलुकमा विदेशी लगानी भित्र्याउन सरकारले आइतबार र सोमबार लगानी सम्मेलन आयोजना गरेको छ। मुलुकको विकास र समृद्धिका लागि स्वदेशी पुँजीले मात्र अपुग भएपछि सरकारले विदेशी लगानी आकर्षित गर्न बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गरेको हो।

लगानी सम्मेलनका लागि डेढ सय आयोजना तयार गरेको लगानी बोर्डले जनाएको छ। सम्मेलनमा करिब १६ सय लगानीकर्ता सहभागी हुने भएका छन्।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी हुँदै छन्। सम्मेलनमा चीन, भारत, संयुक्त राज्य अमेरिका, जापान, संयुक्त अधिराज्य बेलायत, बंगलादेश, संयुक्त अरब इमिरेट्स (युएई), जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसियालगायतका मुलुकका लगानीकर्ता आएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *