केही मान्छेले चाहँदैमा हाम्रो पार्टी फुट्दैन, फुटेको छैन : मनीष सुमन

 ग्लोबल टिभि      सोमवार, बैशाख २४, २०८१      0

 बैशाख २४ – जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ। संघीय परिषद् अध्यक्ष अशोककुमार राई समूहले बहुमत सांसदसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए पनि अहिलेको अवस्थामा पार्टी विभाजन हुन नसक्ने जसपा नेपालका प्रवक्ता मनिष सुमनले विज्ञप्तिमार्फत दाबी गरेका छन्।

संसद् अधिवेशन आह्वान भइसकेकाे, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र पार्टीका बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेकाले विभाजन हुन नसक्ने दाबी विज्ञप्तिमा गरिएको छ। प्रवक्ता सुमनले केही विभाजित मनस्थितिका व्यक्तिहरूले आयोगमा गई अवैधानिक निवेदन दिएको समेत जिकिर गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *