फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुग्यो

 ग्लोबल टिभि           0

असोज १५-   फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६‍।९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुगेको छ । त्यहाँको समयानुसार गएराति १० बजे सेबु प्रान्तमा भुकम्प गएको थियो । भूकम्पपछि सार्वजनिक गरिएका तस्बिरहरूमा भत्किएका भवनहरू, चिरा परेको पुल र सडकहरू प्रस्ट देखिएको बीबीसीले जनाएको छ ।

अहिले उद्धारकर्मीहरू भग्नावशेषमुनि जीवित व्यक्तिको खोजीमा जुटिरहेका खबरमा भनिएको छ । सरकारी निकायहरू विद्युत, सञ्चार सेवा पुनःस्थापना गर्न र राहत पु¥याउन सक्रिय छन् । फिलिपिन्स भौगोलिक रूपमा अस्थिर भएकोले प्राकृतिक विपद्हरूका लागि अत्यन्त संवेदनशील देश मानिन्छ ।

यो भूकम्प एक हप्ता अगाडि आएका दुईवटा आँधीबेहरी र अत्यधिक वर्षाका कारण भएको बाढीपछि आएको हो, जसमा पनि दर्जनौं मानिसको ज्यान गएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *