ग्लोबल टिभि
शनिबार, अशोज २, २०७८
0
शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना यात्रु सवार थिए ।
१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
Post Views: 1,279
Leave a Reply