सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाए कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २०, २०७८      0

फागुन २०

सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ ।

शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *